काठमाडौंका ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

समाचार

Coronavirus Fusion Medical

काठमाडौं । काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

भक्तपुरको दुवाकोटस्थित नम्बर – ११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर १८ – निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले बताए ।

प्रवक्ता अर्यालका अनुसार उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै सशस्त्र प्रहरी बलका ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १ सय ५४ जना निको भएको प्रवक्ता अर्यालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार