आर्थिक परिसूचक सकारात्मक रहेको अर्थमन्त्रीको दावी

अर्थ/बाणिज्य

arthamantri

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदरबाहेक नेपालका आर्थिक परिसूचक सकारात्मक रहेको दावी गरेका छन् । शुक्रबार विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरसँगको भिडियो कन्फरेन्स बैठकमा अर्थमन्त्री खतिवडाले उक्त दावि गरेका हुन् ।

कोभिड १९ को महामारकिा कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको अर्थमन्त्रीको भनाइ छ । त्यसबाहेकका अन्य समग्र आर्थिक परिसूचक सकारात्मक रहेको अर्थमन्त्रीको भनाइ छ ।

उनले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशत हाराहारी रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सिमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १।६ अर्ब भन्दा बढी नै रहेको, सरकारको संचित खाता ९ट्रेजरी० घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको भन्दै परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरेका छन् ।

अर्थमन्त्री डा। युवराज खतिवडा र विश्व बैकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफर बीच विश्वभर फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं थप पार्न सक्ने प्रभाव, कोभिड(१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमबारे छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार