महात्मा गान्धीको चश्मा साढे दुई करोड बढीमा लिलामी

अन्तराष्ट्रिय

gandhiko chasma

एजेन्सी । ब्रिस्टलको एक लिलामी एजेन्सीले माहात्मा गान्धीको चश्मा दुई करोड ५५ लाखमा लिलाम गरेको छ । यसलाई अमेरिकाका एक कलेक्टर किनेका छन् ।

लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सन्सकाअनुसार–उनले सादा खाममा बन्द अवस्थामा ३ अगस्तमा यो चश्मा भेटेका थिए, जहाँ कुनै व्यक्तिले यसलाई छोडेर गएका थिए । एजेन्सीका एंड्र्यु स्टोले त्यतिखेरै भनेका थिए, यो १४ लाख बढीमा विक्छ जुन कम्पनीको इतिहासमा महत्वपूर्ण लिलामी हुनेछ ।

यो चश्माका मालिक ब्रिस्टलका म्यानगाट्सफिल्डका बृद्धकाअनुसार लिलामीबाट प्राप्त रकम उनले आफ्ना छोरीहरूमा भाग लगाउने छन् । भनिन्छ, गान्धीको यो चश्मा उनका काकाले त्यतिबेला दिएका थिए, जब उनी दक्षिण अफ्रिकामा काम गरिरहेका थिए । यो सन् १९१० देखि १९३० को समय हो ।

चश्माको लिलामी गर्ने इस्ट ब्रिस्टल अक्सन्सका एड्रयू स्टोले भने ‘गलभग ५० वर्षसम्म यो चश्मा त्यसै दराजमा बन्द रह्यो । यो लिलामी गर्नेले एक दिन मसंग भनेका थिए,उनी यसलाई फाल्न चाहन्छन्, किनभने यसले कुनै फाइदा होलाजस्तो छैन । अब उनले यसको धेरै मूल्य पाएका छन्, जसले उनको जीवन बदलिने छ ।’

‘चश्माका मालिक बृद्ध व्यक्तिका लागि यो लिलामी राम्रो कुरा हो, किनभने यतिखेर उनलाई समस्या परेको हुनसक्छ र यसले उनलाई धेरै सहयोग पुगेको छ । हामीलाई खुसी लागेको छ कि गान्धीको चश्माले एउटा नयाँ ठेगाना पाएको छ र हामी यसको सहयागी रह्यौं । यो लिलामी हाम्रा लागि एउटा नयाँ रेकर्ड त हो नै ऐतिहासिकरूपले पनि महत्वपूर्ण हो ।’

खाममा चश्मा भेटेपछि स्टोले यसको मालिकसंग सम्पर्क गरे र यसको महत्वका वारेका बुझाए । महत्व सुनेपछि उनलाई झण्डै हृदयघातजस्तै भएको थियो । स्टोले भने ‘हाम्रा स्टाफले यो मलाई दिए र भने कि यसमा एउटा पत्र थियो जसमा यो चश्मा गान्धीको हो भनेर लेखिएको थियो ।’

चश्माको मालिकको भनाइमा १९२० को दशकमा उनका परिवारका एक सदस्यले दक्षिण अफ्रिकाको भ्रमणका क्रममा गान्धीलाई भेटेका थिए । उनीपछि यो चश्मा दोश्रो पुस्तामा आयो । स्टोकाअनुसार गान्धीले लगाएको यो पहिलो चश्मा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार