मोवाइल : २१ औं शताब्दीको ‘नयाँ धूम्रपान’

विज्ञान प्रविधि

mobile sOTkLz23GZ 1

एजेन्सी । कतिपय अनुसन्धानकर्ताहरुले मोबाइलको प्रयोगलाई २१ औं शताब्दीको धूमपान ९तजभ द्दज्ञकत अभलतगचथ खभचकष्यल या कmयपष्लन० को संज्ञा पनि दिने गरेका छन् । हुन पनि शुरु शुरुमा चुरोटले मानिसलाई असर नगर्ने विश्वास गरिन्थ्यो, अहिले मोबाइलले असर गर्दैन भने जस्तै । कतिसम्म भने चुरोटले फाइदा गर्छ भन्ने खालका विज्ञापन पनि कुनै जमानामा छापिने र प्रचार प्रसार हुने गर्थे ।

तर चुरोट प्रचलनमा आएको केही दशकमै त्यो भ्रम चकनाचुर भयो– चुरोटले फाइदा गर्ने हैन, खतरनाक रोगहरु पो निम्त्याउँदो रहेछ भनेर । अहिले त बच्चा बच्चालाई थाहा छ, चुरोटले गर्ने असर कति खतरनाक हुन्छन् भने ।

त्यसैले अहिले मोबाइलको प्रयोगको सन्दर्भमा ती अनुसन्धानकर्ताहरु इतिहास दोहोरिन थालेको दावी गर्न थालेका छन् । उनीहरुको दावी अनुसार, मोबाइल र अन्य वायरलेस यन्त्रहरुले गर्ने केही असरहरु यस प्रकार छन्ः
– मस्तिष्कको क्यान्सर
– रक्तकोषहरुको विनाश र ती कोषहरुको वनावटमा परिवर्तन
– छालाका कोषहरुको प्रोटिनको संरचनामा परिवर्तन
– डिएनएका क्षति
– स्नायु कोषहरुमा क्षति
– मानव स्वभावमा परिवर्तन र सामाजिक–पारिवारिक सम्बन्धमा समेत त्यसको असर
–अल्जिमर रोग लाई बढावा दिने । यो रोगमा मस्तिकमा क्षति हुन्छ, जसले मानिसमा भ्रम पैदा गराइदिन्छ र स्मरण शक्ति पनि हराउँदै जान्छ ।
– आँखामा असर
– अनिद्रा

केही समयअघि स्वीडेनमा डच हेल्थ काउन्सिलद्वारा गरिएको एउटा अनुसन्धानले देखाएको छ, मोबाइल प्रयोग गर्नेहरुमा भन्दा यसको प्रयोगकर्ताहरुमा मस्तिष्कको क्यान्सर हुने खतरा २४० गुना बेसी हुन्छ । २२ सयजना क्यान्सर रोगीहरु र त्यत्तिकै संख्यामा स्वस्थ मानिसहरुमाथि गरिएको उक्त अध्ययनमा सो तथ्य पत्ता लागेको हो । सोही अध्ययनले त कतिसम्म देखाएको थियो भने मस्तिष्कको क्यान्सर हुने खतरा मोबाइल बढी प्रयोग गरिने कानपट्टिको क्षेत्रमा हुने सम्भावना चारगुना बेसी रहन्छ ।

त्यसैगरी, २००४ तिर नै गरिएको एक अनुसन्धानले पनि मोबाइल प्रयोग गरिने कान भएको टाउकोको क्षेत्रतिर क्यान्सर हुने खतरा बढी रहने देखाएको थियो । करिब १५० जना श्रवण स्नायुमा क्यान्सर भएका रोगी तथा ६०० जना स्वस्थ गरी जम्मा ७५० जना मोबाइल प्रयोगकर्ताहरुमा गरिएको सो अनुसन्धानमा दिनको करिब १ घण्टाका दरले १० वर्षसम्म लगातार मोबाइल प्रयोग गर्नेहरुमा श्रवण स्नायुमा क्यान्सर हुने खतरा दोब्बर रहेको समेत पत्ता लागेको थियो । यसबाट मोबाइलको प्रयोग गरिएको समयावधिले पनि प्रयोगकर्तामा श्रवण स्नायुको क्यान्सर हुने कुरालाई बढी प्रभावित गर्ने देखिएको थियो ।

मोबाइलका अँध्यारा पक्षहरुका बारेमा खोतलखातल गर्न लागिपरेका अनुसन्धानकर्ताहरु त कतिसम्म दावी गर्छन् भने मोबाइल र वायरलेस यन्त्रहरुको प्रयोगकै कारण सन् २०१० सम्ममा प्रतिवर्ष ५ लाख मानिसहरु मस्तिष्कको क्यान्सरको शिकार बन्ने छन् र यो खतरनाक पाटोलाई बेलैमा सम्बोधन गरिएन भने सन् २०१५ सम्ममा आइपुग्दा त्यो संख्या बढेर प्रतिवर्ष १० लाख बन्नेछ ।

लिंकन युनिभर्सिटी इन क्रिस्ट चर्च, न्यूजील्याण्डको एक अध्ययनले देखाएअनुसार मोबाइलको रेडिएसनले मानिसको मुडलाई पनि नराम्ररी प्रभावित गरिदिन्छ । विशेष गरेर सो रेडिएसनले मानिसको मस्तिष्कलाई सही अवस्थामा राख्ने मिनरलहरु, हर्मोनहरुमा गडबडी पैदा गरिदिन्छ, त्यसले क्याल्सियम र सेरोटोनिनको स्तरलाई उथलपुथल पारिदिन्छ । फलतः मानिसहरु डिप्रेसन, क्रोध, कुण्ठा र हिंस्रक भावनाहरु पैदा हुन्छ । कतिसम्म भने त्यसले मानिसलाई आत्महत्या गर्नेसम्म बनाइदिन सक्छ ।

मोबाइलले गर्ने स्वास्थ्यजन्य खराब पाटो त छँदैछ, यसले गर्ने ध्यान विकर्षणका कारण हुने सवारी दुर्घटनाको कथा त बेग्लै छ । सन् १९९७ मा मात्रै न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसनमा प्रकाशित एक रिपोर्ट अनुसार मोबाइलमा कुरा गर्दै मोटर चलाउँदा हुने सवारी दुर्घटनाले मृत्युको सम्भावनालाई ४०० गुना बढाइदिन्छ । एक अध्ययनको रिपोर्ट अनुसार मोबाइलको रेडिएसनले मानिसको एकाग्रता, स्थितिको सही विश्लेषण गर्ने र सही समयमा सही निर्णय गर्न सक्ने क्षमतालाई पनि प्रभावित गरिदिन्छ । युएस डिपार्टमेन्ट अफ इनर्जीले गरेको अर्को एक अध्ययन रिपोर्ट अनुसार चाहिँ मोबाइलको रेडिएसनले मस्तिष्कलाई कमजोर बनाइदिने र सही समयमा प्रतिक्रिया दिन सक्ने क्षमतालाई समेत फितलो बनाइदिन्छ ।

मोबाइलका अँध्यारापाटाहरुका बारेमा अध्ययन–अनुसन्धान गरिरहेकाहरु आरोप लगाउने गर्छन्, मोबाइलको यो खराब पक्षबारे मोबाइल कम्पनीहरुलाई राम्ररी थाहा छ, तर पनि उनीहरु नाफाको लोभमा अन्धा बनेका छन् र यो तथ्यलाई चर्को प्रचारबाजीको खोलले ढाकछोप गर्ने गरेका छन् । उनीहरु त कत्तिसम्म आरोप लगाउने गर्छन् भने यो भनेको कानूनी जामा पहिराएर ‘मानवताविरुद्ध गरिएको अपराध’ हो । र, आम सञ्चार माध्यमहरुले पनि यो सत्यतथ्यलाई नजानेर हो वा मोबाइल कम्पनीहरुबाट पाइने विज्ञापनको लोभले हो, यसबारेमा खासै चर्चा परिचर्चा र बहस छलफलहरु चलाउने नगर्ने गरको आरोप अनुसन्धानकर्ताहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार