माधव नेपालका ७ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ

राजनीति

madhab kumar nepal

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा मात्र कोरोना पोजिटिभ देखिएको हो ।

पीसीआर परीक्षणको रिपोर्टमा पूर्वप्रधानमन्त्री नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ ।

माधव नेपालका परिवारले तीन पटकसम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिसकेका छन् ।

यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड–१९) पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार