नाकबाट दिइने कोरोनाविरुद्धको भ्याक्सिन विकास गरिदैं, मुसामा भयो सफल

विज्ञान प्रविधि

22 08 2020 nasal vaccine prevents coronavirus infection1 20655348 151956791

एजेन्सी । वैज्ञानिकको टिम कोरोना भाइरसविरुद्ध एउटा यस्तो भ्याक्सिनको खोजीमा जुटेका छन्, जसको एक खुराक नाकबाट दिइनेछ । वैज्ञानिकहरू यस दिशामा एक कदम अघि बढेका छन् ।

अहिलेसम्म मुसामा गरिएको परीक्षण सफल भएको छ । एक खुराकले मुसामा संक्रमण रोक्न सफल भएको छ । यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ, जसले कोरोना भाइरसको प्रसारमा अंकुश लगाउँन सक्छ । यदी यो प्रयोग सफल भयो भने संसारमा कोरोना भाइरसको संक्रमण घटाउन सकिन्छ । कोरोना भाइरसको कर्वलाई नियन्त्रण गर्न सहयोग पुग्नेछ ।

अमेरिकाको वासिंगटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका शाधकर्ताको भ्याक्सिनले शरीरमा कोरोनाविरुद्ध लड्न शक्ति दिने दावी गरेका छन् । यसले कोरोना भाइरसको संक्रमण रोक्न सक्षम हुनेछ । यसले शरीरमा एउटा बलियो प्रतिरक्षा प्रणालीको विकास गर्नेछ । यसले कोरोना भाइरसको संक्रमणबाट बचाउनेछ ।

यो भ्याक्सिन नाक र स्वास प्रणालीमा धेरै प्रभावकारी छ । यसको उदेश्य संक्रमणलाई शरीरमा प्रवेश गर्नबाट रोक्नु हो । तर, उनीहरूले अहिले यो भ्याक्सिन विकसित गर्ने प्रकृयामै रहेको बताएका छन् । शोधकर्ताहरू यो भ्याक्सिन मानिसमा परीक्षण गर्ने योजना बनाइरहेका छन् ।

वासिंगटन युनिभर्सिटी स्कुलका वरिष्ठ लेखक माइकल एस डायमण्डले यसको परिणाम चकित पार्ने खालको भएको बताए । भ्याक्सिनको प्रयोगले मुसालाई संक्रमणबाट राम्रोसंग बचायो । मुसाको प्रतिरक्षा प्रणाली बलियो भएको प्रमाण पनि पाइएको छ । यी मुसालाईलाई भाइरस संक्रमणको कुनै खतरा छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार