हिड,डुल ठप्प हुँदा पनि उपत्यकामा एकै दिन थपिए २१६ संक्रमित

ब्यानर

lock down ktm B3WoaaKrN2

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार