भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यमा सुधार भएन

अन्तराष्ट्रिय

pranab mukherjee

एजेन्सीं । अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ ।

अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ । उनलाई स्वासप्रश्वासमा समस्या भएपछि यही अगस्टको १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो ।

पूर्व राष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ । उनको दिमागमा समेत असर परेकाले अहिलेपनि अचेत अवस्थामै रहेको चिकित्सकहरुले बताएका छन् ।

उनलाई स्वासप्रश्वास सम्वन्धी समस्या देखिएपछि कोरोना परीक्षण गर्दा उनमा कोरोनाभाइरस सङ्क्रमण पनि भएको देखिएको थियो । ‘प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा शनिबार बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,’ अस्पतालद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा उनलाई स्वासप्रश्वास गराइरहेको पनि अस्पतालले जनाएको छ । नेता प्रणव मुखर्जी भारतको १३औँ राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार