निषेधाज्ञाको नयाँ मोडालिटी खोजिँदै

समाचार

kaski nisedhagya hZybmNuDnk

पोखरा । कास्कीमा निषेधाज्ञाको समयावधि थप गर्ने या अन्त्य गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि आइतबार राति १२ बजे सकिँदै छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । आइतबार बिहान नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको बैठक पछि जिल्लामा छलफल हुने उनले बताए । ‘के गर्ने भन्ने विषयमा छलफल गर्दै छौं । आज पनि बैठक बसियो,’ उनले भने, ‘भोलि बिहान नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको बैठक बसि सकेपछि १र२ बजेतिर जिल्लामा बैठक बसेर टुंगामा पुग्छौं ।’

मेयर जीसीले निषेधाज्ञाको समयावधि थप्नु मात्रै समस्याको समाधान नभएको धारणा राखे । उनले निषेधाज्ञाको समयावधि थप्ने भन्दा पनि यसको नयाँ मोडालिटीबारे छलफल भई रहेको जानकारी दिए । ‘थप्नु मात्रै समस्याको समाधान हो र रु कसरी तयार पारेर जाने भनेर छलफल गरि रहेको छौं । पहिलो कुरा त नागरिकहरु नै स्वअनुशासनमा हुनु प¥यो,’ उनले भने, ‘अर्काले भन्दिएर पनि हुँदैन । गराइ दिएर पनि हुँदैन । कहाँबाट आउँछ कताबाट जान्छ यो त थाहै छैन ।’ आफ्नो सुरक्षाको लागि नागरिक आफैं जवाफदेही बन्नु पर्ने उनको तर्क छ ।

निषेधाज्ञाको नयाँ मोडालिटीमा संक्रमितको संख्या बढी भएको ठाउँलाई सिल गरेर जान सकिने उनले सुनाए । ‘जहाँ जहाँ खतरा बढी छ त्यसलाई कसरी सिल गरेर जाने रु सिल मात्रै गरेर पनि भएन निकास पनि खोजेर जानु प¥यो । त्यही बारेमा हामीले हेर्दै छौं । छलफल गर्दैै छौं,’ उनले भने ।

भीडबाटै संक्रमण फैलिने त्रास भएको हुँदा भीड कम गर्ने उपायबारे बैठकमा छलफल भएको उनले जानकारी दिए । मान्छेमा ट्रान्सफर भएर जाने भएको कारणले भीड कम गर्ने उपायबारे विभिन्न क्षेत्रका मान्छेहरुसँग छलफलमा जुटी रहेका उनले बताए ।

सार्वजनिक स्थानहरुमा भीड कम गर्नको लागि नाकाहरुमा थप कडाई गर्ने साथै सार्वजनिक यातायात पनि तत्कालको लागि सञ्चालनमा नल्याएर अघि बढ्न सकिने विषयमा छलफल भई रहेको उनले सुनाए । ‘सार्वजनिक बस चलाउँदा पनि अलि बढी भीडभाड नै हुन्छ । यसलाई तत्काल नचलाउने कि भन्ने पनि छ,’ उनले भने ।

महानगरमा शनिबार स्वास्थ्यकर्मीसँग छलफल भएको थियो । भोलि बिहान नगर कोरोना न्युनिकरण तथा व्यवस्थापन समितिको बैठक बस्ने र दिउँसो जिल्लामा जिल्ला प्रशासनमा छलफल हुने छ । त्यसपछि निषेधाज्ञाको नयाँ मोडालिटीबारे टुंगोमा पुगिने उनले सुनाए ।

निषेधाज्ञाकै कारण भीडभाडमा कम भएर कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरुको संख्यामा कमी आए पनि निषेधाज्ञाको रिजल्ट हप्ता दश दिन भित्रमा देखिने मेयर जीसीले बताए । ‘कन्ट्याक्ट ट्रेसिङमा अलि कम भएको छ अहिले । मान्छेहरुको चहल पहल नै कम भएपछि त कन्ट्याक्ट ट्रेसिङ पनि अलि कम हुने भो,’ उनले भने, ‘अहिलेको रिजल्ट पत्ता लगाउन एकहप्ता दश दिन हेर्नुपर्छ । ढोका बन्द गर्दा आएन । ढोका खोल्दा फेरि आउन पनि सक्छ । ढोका सबै बन्द गर्न सकिन्न फेरि ।’

पछिल्लो अपडेट हेर्दा कास्कीको संक्रमितको दर पनि बढ्दो मात्रामा छ । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुरामा आचार्याले पनि संक्रमणको दर बढ्दो अवस्थामा रहेको बताए । पछिल्लो अपडेटअनुसार कास्कीमा संक्रमितको संख्या २ सय ८५ जना पुगेको छ ।

एक्टिभ केस १०५ जना रहेको छ । ‘डिस्चार्ज हुने क्रम पनि चलि रहेको छ । संक्रमित पनि थपिई रहेका छन् । एड्ज्याक्ट भन्न सकिन्न करिब सयको हाराहारिमा एक्टिभ केस छ,’ उनले भने, ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट डिस्चार्ज हुनु हुँदै छ । यसले संख्यामा थपघट हुन सक्छ । तर, १ सयको हाराहारिमा एक्टिभ केस छ ।’

जिल्ला पशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सबैको राय, सल्लाह अनुसार आइतबार टुंगामो पुगिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार