अबको ७२ दिनमा भारतले कोरोनाको भ्याक्सिन ल्याउदै, महिनाको १० करोड डोज उत्पादन गर्ने

अन्तराष्ट्रिय

coronavirus vaccine independent PVniKSn1GI 1

एजेन्सी । यति संसारका हरेक मुलुक कोरोनाविरुद्धको भ्याक्सिनको तिब्र प्रतिक्षामा छन् । यसैबीच भारतको पहिलो कोभिड भ्याक्सिनका विाष्यमा धेरै राम्रो समाचार आइरहेको छ । ‘विजनस टुडे’ को एउटा समाचारअनुसार भारतले कोरोनाको पहिलो भ्याक्सिन अबको ७२ दिनमा वजारमा ल्याउने भएको छ । यसको नाम ‘कोभिशील्ड’ हुनेछ, जसलाई पुणेको कम्पनी सिरम इन्सिच्युटले बनाइरहेको छ ।

यो समाचारअुसार भारतको राष्ट्रिय खोप अभियान कार्यक्रममार्फत भारत सरकारले आफ्ना नागरिकलाई निशुल्क लगाउने छ । सिरक इन्सिच्युट अफ इन्डियाका एक वरिष्ठ अधिकारीले भने ‘सरकारले हामीलाई एउटा विशेष निर्माण प्राथमिकता लाइसेन्स दिएको छ र परीक्षण प्रकृयालाई तिब्र बनाइएको छ । जसमा ५८ दिनमा परीक्षण पुरा गर्न सकिनेछ । यसैमार्फत अन्तिम चरणको परीक्षणको पहिलो डोज आइतबारदेखि दिन थालिएको छ । दोश्रो डोज २९ दिनपछि दिइनेछ । फाइनल परीक्षणको डेटा दोश्रो डोज दिएको १५ दिनपछि आउनेछ । यो अवधिमा हामी ‘कोभिशिल्ड’ वजारमा ल्याउने योजना बनाउँदैछौं ।’

यसअघि तेश्रो चरणको परीक्षणमा कम्तिमा ७–८ महिना लाग्ने भनिएको थियो । १७ केन्द्रमा १६०० मानिसमा यो परीक्षण २२ अगस्त शनिबारदेखि सुरु भएको छ । हरेक केन्द्रमा १०० भोलेन्टियर छन् । उता केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवद्र्धनले भारतको पनि कोभिड–१९ को भ्याक्सिन तेश्रो चरणको परीक्षणमा रहेको बताएका छन् । उनले भने ‘हामी पुरै विश्वासका साथ भन्छौं, यस वर्षको अन्त्यसम्म भ्याक्सिन बनेर तयार हुनेछ ।’

श्रोतकाअनुसार यो भ्याक्सिन सिरम इन्सिच्युटको हुनेछ । कम्पनीले एस्ट्रजेनेका नामक कम्पनीसंग एउटा एग्रिमेन्ट गरेर ९२ देशमा बेच्न सकियोस भनेर अधिकार किनेको छ । यसको साट्टा सिरम इन्सिच्युटले रोयल्टी पाउनेछ । भारत सरकारले ६८ करोड डोज किन्नेछ । भारतले १ सय ३० करोड नागरिकका लागि ६८ करोड भ्याक्सिन किन्न लागेको हो ।

सिरम इन्सिच्युट संसारकै ठूलो खोप निर्माता कम्पनी हो । हरेक वर्ष एक अर्ब ५० करोड भ्याक्सिनको डोज बनाएर तयार गर्दै आएको छ, जसमा पोलियोदेखि मिजल्ससममका खोप छन् । यो कम्पनीले बनाउने कोरोनाविरुद्धको भ्याक्सिनको मूल्य भारु एक हजारभन्दा केही बढी हुने बताइएको छ । तर, धेरै मात्रामा बनाउन सके यसको मूल्य २५० सम्म हुनसक्ने बताइएको छ । (नवभारतटाइम्सबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार