आइसोलेसनमा सफाई कर्मचारीले संक्रमितको स्वास्थ्य जाँचेपछि…

ब्यानर

2020 08 21 0 Corona sigh

जनकपुर । धनुषाको नगराइन नगरपालिकास्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा सञ्चालित आइसोलेसनमा सरसरफाई कर्मचारीले कोरोना संक्रमितको जाँच गरेको पाइएको छ ।

कोरोना संक्रमित व्यक्तिहरुले स्वास्थ्य समस्या आएको भन्दै पटकपटक स्वास्थ्यकर्मीलाई बोलाइरहेपछि शरीरको तापक्रम जाँचका लागि शनिबार उनीहरुले स्वीपरलाई पठाएका थिए ।

पीपीई लगाएर तापक्रम जाँच गर्ने क्रममा संक्रमित एकजना जनकपुरका संचारकर्मीले ती कर्मचारीलाई चिनेपछि उनीसित कुराकानी गर्दै भिडियो खिचेका थिए ।

आइसोलेसनमा बस्दै आएका संक्रमितहरुले स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थयकर्मीलाई घण्टौ बोलाइरहँदा समेत नआएको गुनासो गर्दै आएका छन् ।

छानविन गर्छाै ःडा.सिंह

यता भाइरल भएको भिडियोबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै कोभिड– १९ धनुषाका संयोजक डा.जामुन प्रसाद सिंहले त्यसबारे सत्यतथ्य छानविन गरी २४ घण्टाभित्र विवरण सार्वजनिक गर्ने बताएका छन् ।

‘क्वारेन्टाइनमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीको टीमलाई प्रादेशिक अस्पताल जनकपुरमा झिकाइएको छ ।

सोको बारेमा सत्यतथ्य छानविन गरी विवरण २४ घण्टाभित्र सार्वजनिक गरिनेछ ।

साथै रिक्त भएको स्वास्थ्यकर्मी टिमको ठाउँमा नयाँ टिम ७ गतेदेखि खटाइनेछ,’ डा।सिंहद्धारा जारी प्रेश विज्ञप्तीमा भनिएको छ । साथै उनले स्वीपरले थर्मोगन प्रयोग गरी लिएको तापक्रमबारे अन्यथा नबुझ्न समेत आग्रह गरेका छन् ।

‘अस्पतालको गेटदेखि सार्वजनिक सबै ठाउँमा गैरस्वास्थ्यकर्मीहरुले नै तापक्रम लिने गरेका छन् । स्वीपरले बिरामी जाचेको होइन । नियमित रुपले चिकित्सक तथा हेल्थ असिस्टेन्टले तापक्रम र अन्य भाइटल लिने गरेका छन् । यद्यपि यस सम्बन्धमा अनुसन्धान गर्न ड्युटीमा रहेको स्वास्थ्य टोलीलाई फिर्ता बोलाईएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार