कपिलवस्तुमा करेन्ट लागेर बालकको मृत्यु

समाचार

kill sub sab hatya death

बुटवल । कपिलवस्तुमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका अनुसार कपिलवस्तु नगरपालिका ७ धम्कौली बस्ने सन्तोष शुक्लाका ८ वर्षीय छोरा मन्तोषको पानी तान्ने मोटर जडान भएको मेसिनमा खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेपछि उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएपनि उनको मृत्यु हुन पुगेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार