उपाध्यक्ष ढुङ्गेललाई देखियो कोरोना

समाचार

corona nepal TZ8Cyb0Hl8

उपाध्यक्ष ढुङ्गेललाई देखियो कोरोना

ओखलढुङ्गा । लिखु गाउँपालिकाकी उपाध्यक्ष शान्ता ढुङ्गेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाको कामका सिलसिलामा काठमाडौं पुग्दा स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गराउँदा उपाध्यक्ष ढुङ्गेलमा कोरोना पोजेटिभ देखिएको हो ।

उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङ्क्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएपक थिइन् । जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले उपाध्यक्ष ढुङ्गेलको स्वास्थ्यावस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेको बताए । उपाध्यक्ष ढुङ्गेलले भनिन्, ‘स्वास्थ्यमा खासै समस्या रहेको छैन । घरैमा बसेर आराम गरिरहेकी छु । छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु।

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङ्क्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको सङ्क्रमण देखिएको थियो । जिल्लामा अहिले दुई सक्रिय कोरोना सङ्क्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार