२४ घन्टामा थपिए ८१८ कोरोना संक्रमित

ब्यानर

corona

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ८१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ घण्टामा देशभर ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट १८ हजार ६ सय ३१ जना निको भइसकेका छन् ।

हाल नेपालमा सक्रिय संक्रमित १३ हजार १५५ जना रहेका छन् भने आइसोलेशनमा ९ हजार २१२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार