मिर्मिरे लघुवित्तको सञ्चालक समितिले पूर्णता पायो

अर्थ/बाणिज्य

117975929 1007957242996781 4245423733747263631 n

बनेपा । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त सञ्चालक सदस्य पदमा दीपबहादुर श्रेष्ठ र संजयकुमार श्रेष्ठ नियुक्त भएका छन् । यो नियुक्तिसंगै मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले पूर्णता पाएको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि एकीकृत कारोबार सञ्चालन पश्चात बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरी सो नियुक्ती गरेको हो ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपामा आयोजित एक समारोहकाबीच नव नियुक्त सदस्यहरूलाई संस्थाका अध्यक्ष टेकबहादुर बोहराले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

एकीकृत कारोबारपश्चात वित्तीय संस्थाको सञ्चालक समितिमा अध्यक्ष पदमा टेक बहादुर बोहरा, सदस्यहरूमा सन्तोष फुयाल, दीपबहादुर श्रेष्ठ, संजयकुमार श्रेष्ठ, सञ्जु घिमिरे, मनी बोहरा थापा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार