कविता : देश बनेको छ

कला/ साहित्य

sunil

तराई पहाड हिमाल मिली देश बनेको छ
धोति टोपी बख्खु मिली भेष बनेको छ

देशको शिर हिमाल हो पहाड हो छाती
तराई हाम्रो बाकि अंग सधैं मुटुमाथि

तराई, पहाड, हिमालमा जस्लाइ दुखे पनि
पीडा समान हुन्छ हाम्लाइ जहाँ कुटे पनि

हिमालमा चिसो बडे पहाडले छेक्छ
तराईमा गर्मी बडे हिमालले देख्छ

हिमाल रोए आँखाबाट आँसु खसालेर
पहाडलाई झारी दिन्छ सबै पखालेर

तराईको दिल दुखे भोकै पारी दिन्छ
पहाडको पहाड फुटे शोकै पारी दिन्छ

मिलि जुलि बस्नु पर्छ हिमाल पहाड तराई
बोलि बचन समान गरौ समान गरौ हेराई

तराई बिना पहाड अपुरो पहाड, हिमाल बिना
हिमाल पहाड तराई मिली बन्यो देशको चिना

देशको चिना जोगाउने तपाइ हाम्रो काम
दुनियाँमा राख्नु पर्छ देशको उच्च नाम

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार