उपत्यकामा एकै दिन थपिए २२४ कोरोना संक्रमित, काठमाडौंमा १७७ जना

ब्यानर

corona kathmandu e1596801616948

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २२४ सय जनामा कोरोना पुष्टि भएको हो । उनका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएका छन् ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज ९सोमबार० पाँचौ दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि ४ भदौदेखि १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा अत्यावश्यक सेवाका सवारी साधनबाहेकका साधनको आवागमनमा रोक लगाइएको छ भने व्यापार व्यवसाय पनि संचाल गर्न दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार