२४ घण्टामा थपिए ७४३ जनामा संक्रमण, १७५ डिस्चार्ज, ८ को मृत्यु

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड(१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४६ महिला र ४९७ गरी ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३२ हजार नाघेको छ । यीमध्ये १३ हजार ७१५ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ९ हजार १५४ संस्थागत आइसोलेसनमा छन् भने ४ हजार ५६१ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार