पाँच तले भवन ढल्दा २०० बढी पुरिएको आशंका

अन्तराष्ट्रिय

bhaban

एजेन्सी । भारत, महाराष्ट्रको रायगढ जिल्लामा सोमबार साँझ एउटा पाँच तले भवन भत्कदाँ कयौं मानिस पुरिएका छन् । जानकारीकाअनुसार सो भवनमा ४० देखि ४५ परिवारको बसोबास थियो । अहिले पनि भग्नावशेषमा २०० भन्दा बढी मानिस पुरिएका हुन सक्ने आशंका गरिएको छ ।

यद्यपी भवन ढल्दा कति मानिस सो भित्र थिए भन्ने एकिन हुन सकेको छैन । राहत र उद्धारका लागि प्रहरी र अग्निसमन दल घटनास्थल पुगिसकेका बताइएको छ । घटनाका विाष्यमा केन्द्रीय गृहमन्त्री अमित शाहले चासो राख्दै हरसम्भवा सहयोग गर्ने बताएका छन् ।

घटनास्थलमा राहत र उद्धार कार्यमा अवरोध उत्पन्न नहोस भनेर प्रहरीको टोली तैनाथ गरिएको छ । मानिसको भीडलाई घटनास्थल नजिक आउन दिइएको छैन । अहिले भवन ढल्नाका कारण प्रष्ट हुन सकेको छैन ।

घटनास्थलमा विपत व्यवस्थापनको उद्धार टोली पुग्न ४/५ घण्टा लागने बताइएको छ । महाराष्ट्र सरकारका मन्त्री अदिती तटकरेले रायगढ जिल्लामा पाँच तले भवनको तीन तला भत्केर नष्ट भएको बताएका छन् । यसमा लगभग २०० जना पुरिएका हुनसक्ने मन्त्री तटकरेले पनि अनुमान लगाएका छन् । अहिलेसम्म १५ जनाको उद्धार गरिएको बताइएको छ । घटनास्थलमा उज्यालोको समस्याले पनि उद्धार कार्यमा कठिनाइ आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार