कोरोनाको त्रास हटाउन जापानीको अचम्मको तरिका

रोचक समाचार

dar hataune

एजेन्सी । कोरोनाको त्रासले संसारभरीका मानिसलाई छोएको छ । यसका कारण धेरैले बाच्ने शैलीनै परिवर्तन पनि गरेका छन् । कोही पनि चाहदैनन् कोरोनाले उसलाई छोओस् । अब यसबाट मुक्ति पाउन जापानमा एउटा समूहले अचम्मको तरिका निकालेको छ ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार एउटा जापानी समूहले मानिसबाट कोरोनाको त्रास निकाल्न उनीहरूलाई बाकसमा सुताउँछन् र त्यसको वरीपरी हातमा धारिलो आरा लिएर घुम्छन् ’

टोकियोमा यो साताको अन्त्यदेखि ग्राहकले २ मिटर (साढे ६ फिट) झ्याल भएको बाकसमा सुतेर कोभिड –१९ को त्रास निकाल्न सक्नेछन् । यसक्रममा बाकसमा सुतेका व्यक्तिलाई डरलाग्दा कथा सुनाइन्छ । व्यक्तिले बाकसमा सुतेरै कलाकारले अभिनय गरेको पनि देख्नेछन् । साथै केही नक्कली हातले उसलाई चिमोटन आउन सक्छन् । अनि उसमाथि पानीको फोहरा पनि झर्न सक्छ ।

प्रोडक्सन कम्पनी‘कोभागसेटाई’ का कोअर्डिनेटर केन्टा इभानाले भने ‘यो महामारीका कारण कतिपय मानिस तनावमा रहेका छन् । हामीलाई आशा छ ‘स्केयर स्क्वाड’ नामको यो १५ मिनेटको शो ले मानिसले जाडे कहालिने एउटा मौका पाउनेछन्, जसले तनावबाट केही राहत दिनेछ ।’ शो मा भाग लिएका ३६ वर्षीय कजुशिरो हाशिगुचीले भने ‘कोरोना भाइरसका कारण धेरै इभेन्टस्हरू क्यान्सि भए । यस्तोमा म आफ्नो तनावबाट छुटकारा पाउन बाटो खोजी रहेको थिएँ । शोका लाथि ७.६० डलर खर्च गरेपछि मैले धेरै राम्रो महसुश गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार