एकै घरका आठसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार

corona nepal TZ8Cyb0Hl8

दाङ । दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका ४ का एकै परिवारका ८ सहित ९ जना, शान्तिनगर–३ का १ जना र शान्तिनगर–५ का एकमा कारोना सङक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पाँच बर्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन् । शान्तिनगरका सङक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिनुभयो ।

संक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ । क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा सङ्क्रमण भेटीएको हो । शान्तिनगरमा अहिले १२ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार