सडक बनाउने र भत्काउनेको होड,मारमा जनता

ब्यानर

1 2

काठमाडौं । देशको संधिय राजधानी काठमाडौका अधिकांश सडक यतिबेला कालोपत्रेको पर्खाइमा रहेका छन् । कतै विद्युतको तारभुमिगत गर्ने बाहनामा,कतै ढल बनाउने बाहनामा, कतै सडक विस्ता गर्ने बाहनामा त कतै मेलम्ची खानेपानी आयोजनाको बाहनामा हिलाम्मे धुलाम्मे रहेका छन् ।

प्रधानमन्त्री केपी ओलीले ५ फागुन ०७६ मा काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत बनाउने परियोजना सुरु गराए । विद्युत् प्राधिकरणले १० दिनभित्रै कालोपत्रे गरिसक्ने सर्तमा सडक खनेर तार बिछ्यायो । तर, भत्काइएका सडक ६ महिना बितिसक्दा पनि कालोपत्रे भएका छ्रैनन् ।

पानीपोखरी–महाराजगन्ज सडक त्यसको एक उदाहरण हो । यो खण्डमा सडक र फुटपाथमा खाल्डो खनेर तार बिछ्याउने संरचना बनाइयो । तर, अझै तार बिछ्याइएको छैन, न त भत्काइएको सडक पुनः कालोपत्रे गरिएको छ । प्राधिकरणको ढिलासुस्तीले सडकमा खाल्डो बनेको छ । धुलो र हिलोको समस्या त छँदै छ, भत्काइएको दुई फुट सडकले अरू पाँच फुटमा क्षति पुगेको छ । फुटपाथमा बनाइएका संरचनाले हिँड्ने बाटो थुनिँदा पैदलयात्रु जोखिम मोलेर सडकबाटै हिँड्न बाध्य छन् ।

अर्काे उदाहरण हो चाबहिल–चुच्चेपाटी सडक । प्राधिकरणले फुटपाथमा राखेका संरचनाले पैदलयात्रुको बाटो छेकेका छन् । फुटपाथबाट अपांगता भएका र ज्येष्ठ नागरिकलाई आउजाउ गर्न कठिन छ । ह्विलचेयरमा गुड्न फुटपाथमा सम्भव छैन, सडकमै पुग्नुपर्छ । ‘एउटाले बनाउन पाएको हुँदैन, अर्कोले आएर भत्काउँछ, फेरि बनाउनलाई महिनौँ अल्झाएर राखिन्छ ।

एउटाले सडक निर्माण गर्ने र अर्कोले भत्काउने प्रवृत्ति नियमित अभ्यासझैँ देखिँदा त्यसलाई रोक्ने ठोस पहल कतैबाट भएको पाइँदैन । एकैठाउँ र काममा दोहोरो खर्चबाट राष्ट्रिय ढुकुटीमा भइरहेको नोक्सानी यकिन नभएको अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री बताउँछन् । सरकारले मन्त्रालयहरूबीच कार्यदल नै बनाएर पूर्वाधार विकासका काममा समन्वय र सहजीकरणको प्रयास गरिरहेको छौ ।

वास्तै गर्दैन मेलम्ची आयोजना
उपत्यकामा मेलम्मची खोनेपानी आयोजनाले नभत्काएको सडक सायदै भेट्टाउन सकिदैन । मेलम्मची खानेपानी आयोजनाले भत्काएको अधिकांश सडक हालसम्म पनि कन्तविजोक छ । मेलम्ची खानेपानी आयोजना त्यस्तै एउटा सरकारी निकाय हो । चक्रपथको ललितपुर एकान्तकुना खण्डले मेलम्ची आयोजनाको लापरबाही प्रष्टदेखिन्छ  । आयोजनाले दुई महिनाअघि त्यहाँको सडक भत्कायो, तर अझै बनाएको छैन । मेलम्चीले नै कमलपोखरी र ज्ञानेश्वरमा पनि कालोपत्रे सडक लथालिंग बनाएको छ । कालीमाटी–कलंकी खण्डमा कालोपत्रे तह अपग्रेड गरेलगत्तै पाइपलाइन गाड्न सडक भत्काइयो । कालीमाटी–बल्खु सडकखण्डमा पनि सडक विभागले चैतमा कालोपत्रे ग¥यो, लगत्तै मेलम्चीले भत्कायो । पुनः कालोपत्रे गरिएको छैन ।

 

भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङले गत १७ फागुनमा आफ्नो सय दिनको प्रगति सुनाउँदै भनेका थिए, ‘राजधानीको सडकमा नौ हजार पाँच सयवटा खाल्डाखुल्डी पुरियो । अब खाल्डाखुल्डीले यात्रुलाई सास्ती हुँदैन ।’ मन्त्री नेम्वाङले भनेजस्तै सडक विभागले ६० करोडभन्दा बढी खर्चेर एक लेयर कालोपत्रे अपग्रेड गर्दै उपत्यकाका सडक चिटिक्क पनि नपारेको होइन । तर, अहिले तिनै सडकमा खानेपानी, ढल र तार बिछ्याउन भत्काएर अलपत्र छाडिएको छ ।

अरूले भत्काउँछन्, हामीले गाली खानुपर्छ ः मेयर शाक्य

काठमाडौ महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले प्राय प्रयोग गरिरहेको शब्द हो ।‘अरुले सडक भत्काउँछन् गालि काठमाडौ महानगरपालिकाको मेयरले गालि खानु पर्छ । ’ यसो त महानगर भित्रका सबै सडमक महानगरपमलिकाको क्षेत्राधिकारमा पर्दैन ।
सडक जसले बिगारे पनि महानगरलाई गाली गर्ने परम्परा नै बसेको छ । सडक दुई किसिमले बिग्रिएको छ । आफैँ बिग्रिने र बिगारिने । आफैँ बिग्रेको सडक महानगरले बनाउँछ । तर, यहाँ बिगारिएको पनि छ । जसले बिगार्छ, उसैले बनाउनुपर्छ । जसले सडक बिगारे पनि महानगरलाई नै गाली गर्नु उपयुक्त हुँदैन । मेलम्ची खानेपानी आयोजनाले बिगारेको सडक उसैले बनाउने सहमति छ । महानगरभित्रको सडक नगरवासीको सम्पत्ति भएकाले यसको सुरक्षामा सबैले चासो दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार