कागेश्वरी मनोहरामा बढ्दो कोरोना संक्रमण संक्रमितको संख्या ९६ पुग्यो

समाचार

naparpalika

काठमाडौं । कागेश्वरी(मनोहरा नगरपालिकामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण बढ्दो छ। सोमबार मात्र थप ४ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ९६ पुगेको छ। जसमध्ये ३३ महिला र ६३ पुरूष छन्।

यही भदौं ५ गते परीक्षण गराएका १२६ जनामध्ये १२० जनाको कोरोना रिपोर्ट आएको छ। जसमध्ये ४ जनाको रिपोर्ट पोजिटिभ आएको हो भने २ जनाको आउन बाँकी छ। नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार परीक्षण गराएकामध्ये २ जना महिला र २ जना पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। नगरपालिका ५ का एक महिला, ७ का एक पुरुष र ९ का एक महिला र एक पुरुषमा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ।

सोमबार मात्र मुलपानीस्थित नगर अस्पतालमा शंकास्पद ९२ पुरूष र ५१ महिला गरी १४३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि शुक्रराज सरूवा रोग अस्पतालमा पठाइएको मेयर थापाले जानकारी दिए।

यसअघि नगरपालिकामा समुदायस्तरमै कोरोना भाइरस ९कोभिड(१९० संक्रमण देखिएपछि कतिपय ठाउँमा सिल गरिएको थियो। एकै वडाका ४२ जनामा संक्रमण देखिएपछि नगरपालिका ९ स्थित खहरेचोकदेखि वीरेन्द्रचोकसम्म पूरै सिल गरिएको थियो। तर, खहरेचोकदेखि गान्धी स्कुलहुँदै वीरेन्द्रचोक ९जगतजंग मार्ग० सम्मको बाटोमा प्रवेश निषेधको गरिएको बाटो सोमबार साँझदेखि खुल्ला गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको ७ र ९ नम्बर वडामा समुदायस्तरमै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। नगरपालिकामा ट्राभल हिस्ट्री नै नभएकामा पनि कोरोना संक्रमण देखिएको छ। नगरपालिकामा हालसम्म कोरोनाबाट १ जनाको मृत्यु भएको छ।

नगरपालिकामा प्रत्येक हप्ताको सोमबार र शुक्रबार बिहान ९ बजेदेखि १ बजेसम्म पीसीआर परीक्षण हुँदै आएको छ। नगरपालिका ६ मुलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण हुँदै आएको छ।

नगरपालिकाले मुलपानी नगर अस्पतालमा कोरोना देखिएका बिरामीलाई आइसोलेसनमा राख्नका लागि घर भाडामा लिएको छ। नगर अस्पतालमा ७५ बेडसम्मको आइसोलेसन तयारी अवस्थामा छ। त्यहाँ कोरोनाका लक्षण नदेखिएका बिरामीलाई राखिने नगर अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार