यस्तो रहने छ आगामी ३ दिनको मौसम

समाचार

mausam gGUiMM7KAQ

काठमाडौं । आगामी ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव हुनुको सँगै बंगालको खाडीबाट भित्रिएको जलवाष्फ युक्त हावाको समेत सामान्य प्रभाव रहेको छ ।

आज दिउँसो दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश(१, बागमती प्रदेश र कर्णाली प्रदेशका प्रदेशका १र२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

राती देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश(१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश(५ र कर्णाली प्रदेशका १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार पनि प्रदेश(१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश(५ र कर्णाली प्रदेशका प्रदेशका १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र बागमती प्रदेशका १र२  स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार राति प्रदेश  ५ का  १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

ुप्रदेश(१, प्रदेश(२, बागमती, गण्डकी र कर्णाली प्रदेशका १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,ु बुलेटिनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार