कार्यदलको प्रतिवेदनबारे छलफल गर्न १३ भदौमा सचिवालय बैठक

ब्यानर

Nekapa sachibalaya meeting 1

काठमाडौं । पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक १३ भदौमा बस्ने भएको छ ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच १३ भदौमा सचिवालय बैठक  बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बालुवाटारमा बिहान २ अध्यक्षले प्रतिवेदनबारे सामान्य छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार