उपत्यकामा थपिए २३२ संक्रमित, काठमाडौंका १९९ मा संक्रमण

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार २२४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ सय जनामा कोरोना पुष्टि भएको हो । आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १९९, ललितपुरमा १४ र भक्तपुरमा १९ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज ६ दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि ४ भदौदेखि १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा अत्यावश्यक सेवाका सवारी साधनबाहेकका साधनको आवागमनमा रोक लगाइएको छ भने व्यापार व्यवसाय पनि संचाल गर्न दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार