२४ घण्टामा थपिए ८५५ संक्रमित

ब्यानर

corona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड(१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३३ हजार नाघेको छ । आजसम्म ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १४ हजार २५० जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ५८१ संस्थागत आइसोलेसनमा छन् भने ५ हजार ६६९ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ३१३ जनाको संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १९ हजार ११९ पुगेको मन्त्रालयको तथ्यांक रहेको छ । कुल संक्रमितमध्ये ५७ प्रतिश डिस्चार्ज भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार