यी हुन विश्वकैै तिब्रगतिका मानव क्याल्कुलेटर

रोचक समाचार

nilkanth

एजेन्सी । निलकण्ठ भानु प्रकाश … यो नाम याद राख्नु पर्ने समय आइसकेको छ । भरतको हैदरावादका वासिन्दा यी युवा अब विश्वमै सबैभन्दा तिब्रगतिका मानव क्यालकुलेटर हुन् ।

बेंगलौर मिररकाअनुसार लण्डनमा आयोजित माइण्ड स्पोर्टस् ओलम्पियाड २०२० मा निलकण्ठले स्वर्ण पदक जितेका छन् । निलकण्ठले सेन्ट स्टिफन कलेज, दिल्लीबाट ग्रयाजुएसन गरेका छन् ।

यो प्रतियोगितामा १३ देशका प्रतियोगीले भाग लिएका छन् । कुनै भारतीयले मेन्टल क्याल्कुलेसनको वल्र्ड कपमा स्वर्ण पदक जितेको यो पहिलो पटक भएको बताइएको छ । उनले स्कट फ्लेन्सबर्ग र सकुन्ताला देवीको रेकर्ड पनि तोडेको बताइएको छ । ओलम्पिकका निर्णायक पनि उनको प्रतिभा देखेर अचम्भित भएको स्वयं निलकण्ठ बताउँछन् ।

१२ वर्षीय निलकण्ठको नाममा विश्वको सबैभन्दा तिब्र गणना गर्ने व्यक्तिको व्श्वि रेकर्ड पनि छ । उनी मेन्टल एरिथमेटिकका ज्ञाता मानिन्छन् । लकडाउनमा उनी ८ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीलाई अनलाइन क्लास दिइरहेका छन् । सुरुमा १०० विद्यार्थी रहने उनको क्लासमा अब लाख बढीले उनको क्लासको फाइदा उठाइरहेका छन् ।

एक्सप्लोरिङ इनफिनिटिज नामको परियोजना सुरु गरेर उनले सरकारी विद्यालयमा पढने बालबालिकालाई गणित विषयमा जेहेन्दार बनाउने काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार