काठमाडौंका यी ठाउँमा हुँदैछ दिनभरी विद्युत् कटौती

समाचार

light

काठमाडौं । आज (बुधबार ) काठमाडौंका विभिन्न ठाउँमा दिनभरी विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न ठाउँमा आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् कटौती गर्न लागेको हो।

विजुलीको लाइनको आसपासका रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सोल्टी मोड, सिभिल होम्स, टौखेल, सीतापाइला, इचङ्गुनारायण, पद्मा कोलेनी, भीमढुङ्गा, नर्सरी भञ्ज्याङ, छत्रे देउराली लगायत ठाउँमा विद्युत् कटौती हुनेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार