अब निजी मेडिकल कलेजले पनि कोरोनाको प्रयोगशाला सञ्चालन गर्न यी मापदण्ड पुरा गर्नै पर्ने

समाचार

medical collage

काठमाडौं । निजी मेडिकल कजेलहरूले पनि पिसिआर परीक्षण गर्न प्रयोगशाला संचालन गर्न पाउने भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार निजी मेडिकल कलेजहरुलाई पनि प्रयोगशाला सञ्चालन गर्न अनुमति दिएको हो । कोभिड ९१९० का संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

पिसिआर परीक्षण गर्ने अनुमतिका लागि निजी मेडिकल कलेजहरुले एक तिहाई बेड कोभिड ९१९० का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा। मुकुन्दा शर्माले बताए । पिसिआर परीक्षण गर्ने अनुुमतिका लागि निजी मेडिकल कलेजले कम्तीमा बीस प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउनपर्ने शर्त सरकारको छ ।

त्यसका लागि कोभिड ९१९० को पिसिआर परीक्षण निर्देशिका ०७७ अनुसार प्रयोगशालाको मापदण्ड पुगेको हुनुपर्ने राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला टेकुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार