जनावरबाट मानिसमा सर्ने सबै खाले भाइरसविरुद्धको एउटै भ्याक्सिन बनाइदैं

विज्ञान प्रविधि

11

एजेन्सी । क्याम्ब्रिज विश्वविद्यालयले कोभिड –१९ संगै भविश्यमा पनि जनावरबाट मानिसमा सर्न सक्ने सबैखाले यस्ता भाइरसविरुद्ध भ्याक्सिनको परीक्षण् सुरु गनेृ भएको छ । यो भ्याक्सिन सबै प्रकारका कोरोना भाइरसको जेनेटिक सिक्वेन्सको बै.कको प्रयोग गर्नेछ, जसको खोज भइरसकेको छ ।

यसमा चमेरोबाट सर्ने कोरोना भाइरस पनि सामेल छ, जसलाई मानिसमा फैलिने कयौं किसिमका कोरोना भाइरसको प्राकृतिक श्रोत मानिन्छ । सबै परीक्षणपछि यो तयार हुँदा यसलाई जेट इन्जेक्टरको सहयोगले हावाको दवावको प्रयोग गर्दै रागीलाई इिनेछ र यसले घोच्ने पनि छैन । यसमा सुईको प्रयोग हुने छैन ।

क्याम्ब्रिज विश्वविद्यालयका भाइरल जुनेटिक्सको प्रयोगशालाका प्रमुख र डायोस्यानभाक कम्पनीका संस्थापक प्रोफेसर जोनाथन हिनेले यस विषयमा जानकारी दिए । जोनाथनले भने ‘हामीले कोभिड –१९ भाइरसको स्वरुपको थ्रिडी कम्प्युटर मोडलको प्रयोग गरेका छौं । यसमा भाइरसमाथि सूचनाका साथै यस परिवारका अन्य सार्स, मेर्स र जनावरबाट फैलने अर्का कोरोनाभाइरस पनि सामेल गरिएको छ । जनावरबाट मानिसमा सर्ने खालका कोरोना भाइरसलाई यसकारण सामेल गरिएको हो कि भविश्यमा यस्तो महामारी फैलने खतरा रहिरहन्छ ।’

जोनाथले भने ‘ हामी यस्तो भ्याक्सिन बनाउन चाहन्छौं, जो सार्स–कोभ–२ बाट सुरक्षा दिने मात्र होइन जनावरबाट मानिसमा फैलने खालका सबै कोरोना भाइरसबाट सुरक्षा दिन सकोस ।’ उनको टिमले कम्प्युटरमा कृत्रिम जिनबाट तयार गरिएको एन्टिजन स्वरुपहरूको लाइब्रेरी तयार गरेका छन् । यसले मानिसको प्रतिरक्षा प्रणालीलाई, भाइरस लक्षित स्थानलाई निसाना बनाउन सहयोग गर्न सक्नेछ र प्रतिरोधी क्षमता पैदा गर्नेछ ।

क्याम्ब्रिज विश्व विद्यालयका शाधार्थी डा. रेबेका किन्सले पनि यो परीक्षणको जानकारी दिएका छन् । उनले भने ‘महामारीकाविरुद्ध समयको आवश्यकतालाई मध्यनजर गर्दै भ्याक्सिनको विकासमा अहिलेसम्मका स्थापित मान्यताहरूलाई नै प्रयोग गरिएको छ । हुनसक्छ यसको प्रयोग संवेदनशिल समूहका लागि उपयुक्त नहुन सक्छ । हामीलाइृ थाहा छैन आखिर भ्याक्सिनको असर कहिलेसम्म रहन्छ ।’

किन्सले भने ‘हाम्रो पद्धती परिवर्तनकारी छ । यसले कोरोना भाइरसजस्ता जटिल भाइरसका लागि टिक छ । यदी सफल भएमा यस्ता भ्याक्सिन तयार हुनेछ, जसले व्यापक प्रयोग हुन सक्छ र किफयती दरमा यसको उत्पादन हुन सक्छ ।’ यस वर्षको अन्तिमसम्ममा यसको परीक्षण हुन सक्ने सम्भावना छ । बेलायती सरकारले पनि भ्याक्सिनको विकासका लागि सहयोग उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार