पोखरामा पनि कोरोनाले थप एकको मृत्यु

समाचार

corona death

पोखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको हो । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाृे आइसोलेसन कक्षमा उपचाररत थिइन् ।

उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । संक्रमित महिलामा अन्य कुनै दिर्घ रोग पनि थिएन । ‘त्यस्तो कुनै रोग थिएन,’ उनले भने, ‘कोभिड नै हो । ट्राभल हिस्ट्री पनि छैन । तनहूँको बन्दिपुर पुरानो घर भई पोखरा ११ चापपानीमा बस्ने भनेर लेखाएको छ ।’

पछिल्लो समय पोखरामा ट्राभल हिस्ट्री बिना नै संक्रमित हुनेको दर बढ्दो छ । कोरोना ।रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ गते निषेधाज्ञा जारी गरेको छ । दोस्रो किस्ताको निषेधाज्ञा भदौ १२ गते सकिंदै छ ।

निर्देशक डाक्टर आचार्यले शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार