‘म सास बन्न पाए’ गीतको भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

कला/ साहित्य

chekjhach 1

काठमाडौं । चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए।।। बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एन।आर क्रिएशनमार्फत उक्त भिडिओ सार्वजनिक गरिएको हो । नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको छ ।

म्युजिक एरेन्जर सञ्जिव बराईली हुन् । पदम सुवेदीको सम्पादन रहेको भिडिओ अर्जुन तिवारी र टिमले छायाँकन गरेको हो । भिडिओको निर्देशन तथा कोरियोग्राफी भने शिब बि।क।को रहेको छ ।

लकडाउनकै अवधिमा यसअघि एलिजा गौतम र दुर्गेश थापा अभिनित “आधी कपाल” बोलको गीतको भिडिओपनि सर्वाधिक रुचाइएको थियो । यो गीतको भिडिओमा नायक खड्का र नायिका गौतमको जोडी जमेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार