कोरोनाले अमेरिकामा र भारतमा यस्तो छ अवस्था

६० लाख संक्रमित अमेरिकामा , भारतमा मृतकनै ६० हजार पुगे
अन्तराष्ट्रिय

corona n

एजेन्सी । अमेरिकाको ६० लाखभन्दा धेरै जनसंख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चेकजाँचका क्रममा अहिलेसम्म ६० लाख २ हजार ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

विश्वमा सर्वाधिक धेरै कोरोना संक्रमण हुने देशको सुचीमा अमेरिका पहिलो स्थानमा छ । यहाँ १ लाख ८३ हजार ६ सय ८५ जनामाको ज्यान कोरोनाले लिइसकेको छ । त्यस्तै ब्राजिलमा ३७ लाख २२ हजार चारजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यहाँ अहिलेसम्म १ लाख १७ हजार ७ सय ५६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

तेस्रो नम्बरमा भारत छ । जहाँ, ३३ लाख १५ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ भने ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ । समाचार तयार पार्दासम्म यहाँ ६० हजार ६ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

रुसमा ९ लाख ७५ हजारमा संक्रमण पुष्टि भइसकेको छ भने १६ हजारले ज्यान गुमाएका छन् । त्यस्तै दक्षिण अफ्रिकामा ६ लाख १५ हजारमा संक्रमण पुष्टि भएको छ । यहाँ, १३ हजार ५ सय २ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार