भ्याक्सिनमा क्यानडा र चीनको साझेदारी समाप्त

अन्तराष्ट्रिय

एजेन्सी । बिहिबार क्यानडाका विदेशमन्त्री फ्रान्स्वा फिलिप शान्पानिएले दुई देशबीच कूटनीतिक स्तरमा तनाव भएता पनि कोरोनाभाइरसको भ्याक्सिन बनाइरहेको चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्स र क्यानडाको नेशनल रिसर्च काउन्सिलबीचको साझेदारी टुट्नुसँग यसको कुनै नाता नभएको बताएका छन् ।

मंगलबार रोममा शान्पानिएले चिनियाँ विदेशमन्त्री वांग यीसँग भेटघाट गरेका थिए । ९० मिनेटसम्म चलेको यो भेटघाटमा क्यानाडेली विदेशमन्त्रीले चीनमा हिरासतमा राखिएको आफ्ना दुई नागरिकलाई छोड्न भनेका थिए ।

क्यानडा सरकारको तर्फबाट जारी गरिएको बयानमा दुई देशबीच कोरोनाको सम्भावित भ्याक्सिनको विषयमा पनि चर्चा भएको बताइएको छ ।

यो भेटघाटको अघिल्लो दिनमात्रै क्यानडाको नेशनल रिसर्च काउन्सिलले चिनियाँ कम्पनी क्यानसिनोसँग सम्झौता रद्द भएको घोषणा गरेको थियो ।

काउन्सिलले कम्पनीमा अथोरिटी नभएका कारण आफूहरु हालका लागि भ्याक्सिन पठाउन असफल भएको बताएको थियो ।

चीन र क्यानडाबीचको सम्बन्ध डिसेम्बर सन् २०१८ मा त्यतिबेला बिग्रन सुरु भएको थियो जब चिनियाँ कम्पनी ह्वावेकी चीफ फाइनेन्सियल अधिकारी मेंग वांन्गजूलाई क्यानडाको प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि चीनले जासुसीको आरोपमा दुई क्यानाडेली नागरिकलाई पक्राउ गरेको थियो । उसले क्यानडाबाट आयात हुने क्यानोलाको बिउमाथि पनि रोक लगाइदियो ।

चिनियाँ विदेशमन्त्रीका प्रवक्ता झाओ लिजियानले बिहिबार कोरोना भ्याक्सिनमा दुई देशबीच सहयोग समाप्त हुनुको नाता दुई देशबीचको सम्बन्धसँग नभएको बताएका छन् ।

शान्पानिएले यद्यपि, स्वास्थ्यको विषयमा वा कोभिड–१९ को विषयमा भविष्यमा चीन वा चिनियाँ कम्पनीसँग काम गर्ने सम्भावनाबाट अस्विकार भने गरेका छैनन् ।(बीबीसीबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार