यो मास्क लगाएपछि, जतिनै रिस उठे पनि तपाईलाई हास्न वाध्य पार्छ !

रोचक समाचार

muskan

एजेन्सी । कोरोनाले मानिसको जीवन शैलीमा परिवर्तन गरिदिएको छ । अब मोवाइलजस्तै मास्क जरुरी वस्तुमा गनिन थालेको छ । भौतिक दूरी र हात धोइ रहने बानी पर्न थालेको छ । वातावरणनै बदलिएकोजस्तो लाग्न थालेको छ ।

यस्तैमा जापानको एउटा स्टोरले आफ्नो ग्राहकको अनुहारमा मुस्कान ल्याउन एउटा राम्रो पहल गरेकोछ, जसलाई उसले ‘स्माइल क्याम्पेन’ भनेको छ । जापानको डिस्काउन्ट स्टोर ‘टाकेया’ ले यो ‘स्माइल क्याम्पेन’ सुरु गरेको हो । यसको उदेश्य स्टोरका कर्मचारीलाई फ्रेन्डली र भरोसायोग्य देखाउनु हो ।

यसका लागि स्टोरले आफ्ना सबै कर्मचारीका लागि एक खास मास्क बनाएको छ, जसमा मानवको असली मुस्कान प्रिन्ट गरिएको छ । कर्मचारीको मुड खरावै किन नहोस्, यो मास्क लगाएपछि उसलाई सबैले मुस्कुराएकैै देख्नेछन् ।

यसको घोषणा स्टोरले आफ्नो ट्वीटरमार्फत गरेको छ । उनले लेखेका छन् ‘यो महामारीले मास्कलाई जीवनको अभिन्न अंग बनाइदिएको छ । यस्तोमा हामी एउटा ‘स्माइल क्याम्पेन’ को सुरुवात गर्न गइरहेका छौं । किनभने अब हामी यो मास्कमार्फत अनुहारमा मुस्कान ल्याउन चाहन्छौं ।’

यो श्रजनात्मक प्रयोगको प्रतिफल अलिकता मज्जा र अचम्मको आएको छ । स्टोरले आफ्ना महिला र पुरुष कर्मचारीका लागि भिन्नाभिन्नै खालको स्माइल मास्क छपाएको छ ।

यो जापानी स्टोरको क्याम्पेन लोकप्रिय पनि भएको छ । विश्वमा स्माइल मास्कको चर्चा भइरहेको छ । थाहा छ, यो मुस्कान असली होइन, तर मानिसलाई खुसी देखाउने यो राम्रो र गज्जबको तरिका अवश्य हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार