बास्तबिकता

कला/ साहित्य

sunil 1

लग–लग काप्छ शरीर मेरो पोलेको छ छाती
जता हेर्छु उतै देख्छु बेरोजगारको ताँती

कसो गरी चल्ला र खै, जिबन धान्नै गारो
महंगीले आकाश छोयो चुलो बाल्नै गारो

युबा बिहीन भयो गाउँ– घर, बाँजियो खेत बारी
आत्म निर्भर छैन देशमा परनिर्भरताको भारी
कैले सम्म चल्छ जिबन परनिर्भर मुखी
यही अबस्था रह्यो भने कैले हुनि सुखी

जवानीको जोस जागर बिदेशीको दास
लाग्न छाड्यो आफ्नै देशको शासकको आस

देश चलाउने नेताहरु आफ्नै भुडी भर्छन
सत्ताकै छ लुच्छाचुँडि बिकास कैले गर्छन

आफ्नै मान्छे भरेका छन भर्ती केन्द्र भरी
गाउ देखि सहरसम्म तिनकै छ मनपरी

घर छोडौ त घरकै पिरले थाल्छ मुटु जल्न
घर नछोडौ भोलिदेखि छोड्छ चुलो बल्न

बुडी आमा, बुडा बाबा साना केटाकेटी
पियारी नि रुदै होलिन मैले छोडेदेखि

बसेका छन बाटो हेरी फर्किने दिन गन्दै
कति बर्ष पर्खाइ राखौ आउछु आउछु भन्दै

बाध्यताले मुग्लानियाँ हुन परेको छ
तस्विर हेर्दै आशु झार्दै रुन परेको छ

पेट पाल्नकै खातिर कति हुनु परदेशी
मुटु भरी देशको माया आखामा गाउँ–बेसी

दुख सधै भित्र भित्रै लुकाउन पर्यो
रुन्न रुन्न भन्दा भन्दै आँशु तेसै झर्यो

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार