उपत्यकाका २ सय पत्रकारको गरियो स्वाब संकलन

समाचार

corona ratopati cRlJMaid7Z scaled

काठमाडौं । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको आज पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा करिब २ सय जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो ।

देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा २ सय जनाको परीक्षण गरिएको बताइएको छ । उपत्यका लगायत देशका विभिन्न ठाउँमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो दरमा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेबिहीवारको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशभरी कोरोनाबाट १ सय ८३ जनाको मृत्यु भएको छ । ३५ हजार ५ सय २९ जना संक्रमित रहेकोमा २० हजार ७३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन । अझै १५ हजार २ सय ७३ सक्रिय संक्रमित उपचाररत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार