उपत्यकामा एकै दिन थपिए ४१५ संक्रमित, काठमाडौंमा ३५०

ब्यानर

Dr jageshwor gautam

काठमाडौं । आज उपत्यकामा अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा यसअघि बिहीबार ३७७, बुधबार ३०१, मंगलबार २३२ र सोमबार २२४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४१५ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३५०, ललितपुरमा ५४ र भक्तपुरमा ११ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार