एकै दिनमा १२ संक्रमितको मृत्यु , मृत्यु हुनेको संख्या १९५ पुग्यो

ब्यानर

Death from corona 1

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट २४ घण्टाको अवधिमा नेपालमा अहिलेसम्मकै धेरैको निधन भएको छ । शुक्रबार नेपालमा एकै दिन १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

देशका विभिन्न जिल्लामा ४ महिला र ८ पुरुष गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार मोरङका ५६ र ६५, भक्तपुरका ६४ र मकवानपुरका ७१ वर्षीया महिलाको कोरोना संक्रमण मृत्यु भएको छ । त्यस्तै, उदयपुरका ५२, पर्साका ७२, धनुषाका ४५ सिराहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षीय पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १९५ पुगेको छ । कुल संक्रमितमध्ये ०।५३ प्रतिशत संक्रमितको निधन भएको तथ्यांक मन्त्रालयसँग छ ।

आज उपत्यकामा ४१५ जनासहित देशभर थप ९२७ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३६ हजार ४५६  पुगेको छ । यसमध्ये २० हजार ३४३ जना निको भएका छन् भने १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार