नाष्टले दियो प्रहरीलाई घुम्ती स्वाब सङ्कलन साधन

समाचार

nast LCcw4smqoN

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० ले नेपाल प्रहरी अस्पताललाई घुम्ती स्वाब सङ्कलन साधन हस्तान्तरण गरेको छ । नाष्ट कार्यालयमा आज सचिव डा।महेशकुमार शाहले अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा।आशिष दत्तलाई उक्त साधन हस्तान्तरण गरे ।

कार्यक्रममा डा। शाहले सो साधन कोभिड सङ्क्रमित प्रहरी कर्मचारीलाई सुरक्षित बोक्न निकै उपयोगी हुने विचार व्यक्त गरे । यसैगरी डा।दत्तले यस साधन तत्कालका लागि नेपाल प्रहरीको कोरोना परीक्षण गर्न प्रयोग गरिने र यसपछि माथिल्लो निकायकासँग छलफल गरेर पछि कहाँ कहाँ प्रयोग गरिन्छ भन्ने जानकारी लिन अझै बाँकीनै रहेको बताए ।

नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा। शङ्खर ढकालले आफूहरुलाई उक्त साधन निर्माण गरिदिन करिब २० दिन पहिले आग्रह आएको बताए । सो प्रविधिको नाम भने ‘मोबाइल स्वाब कलेक्सन भ्यान’ नामक एक एम्बुलेन्स रहेको ढकालले जानकारी गराए ।

सो साधनमा बाहिरी ब्याट्रीको प्रयोग गरी गाडी नखोली काम गर्न मिल्ने र यसमा नयाँ किसिमको स्वीच पनि प्रयोग गरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको डा। ढकालको भनाई थियो । यसअघि नाष्टले गत साउन १० गते बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’ निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार