कैलालीमा थपियो लकडाउन

समाचार

naka

कैलाली । कोरोना भाइरस(कोभिड–१९ )को संक्रमण दर बढेको भन्दै कैलालीमा लकडाउनको अबधि बढाएको छ । जिल्ला प्रशाशन कार्यालय कैलालीले १४ गते १२ सम्मका लागि गरेको लकडाउन बढाएर १९ गते मध्यरातसम्मका लागि तय गरिएको छ ।

जिल्ला सुरक्षा समितीको बैठेकले दिएको सुझाबको आधारमा आज प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १९ गते मध्यराति १२ बजेसम्मका लागि लकडाउनको निर्णय लिएका हुन् ।

लकडाउन अबधिभर अत्यावश्यक बाहेकका सबै प्रकारका सेवा सञ्चालनमा बन्देज लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार