पछिल्लो २४ घण्टामा ८८४ संक्रमित थपिए, ममृतकको संख्या २०० नाघ्यो

ब्यानर

2020 07 04 Jagesor Gautam11

काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप ८८४ जनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै संक्रमित व्यक्तिहरूको कुल संख्या ३७,३४० पुगेको सरकारी तथ्यांकले देखाउँछ।

शनिवार दिउसो आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको बताए। उनका अनुसार अहिले देशभरि १६,५७८ जनामा सक्रिय संक्रमण छ।

तीमध्ये १०,१४५ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,४४५ जना घरमै छन्।अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि २०७ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन् ।

भदौ १२ गते शुक्रवार ९२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।अहिले थपिएका संक्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।

मृतकमध्ये तीन जना महिला र नौ जना पुरुष छन्। मृतकहरू ३० देखि ८३ वर्षसम्मका भएको जानकारी डा. गौतमले दिए। उनीहरूमध्ये दुई महिलासहित छ जना काठमाडौं उपत्यकाका हुन्।

त्यसैगरी पर्सामा दुई जना तथा पाल्पा, सिराहा, गोरखा र कास्कीमा एक–एक जनाले पनि कोभिड–१९ सँग सम्बन्धित कारणले ज्यान गुमाए। थपिएका संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष छन्।

काठमाडौं जिल्लामा सर्वाधिक १५५ संक्रमित फेला परेका हुन्। ललितपुर १९ र भक्तपुरमा १२ जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यसैगरी सर्लाहीमा ८३, पर्सामा ७३, चितवनमा ५७ र धनुषामा ४९ सङ्क्रमित फेला परेका हुन्।

अरू तथ्याङ्क के छ ?

विगत २४ घण्टाको अवधिमा ११,५१६ वटा नमुनाको परीक्षण गरिएको थियो। सो अवधिमा ३१३ जना संक्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म ५५ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।देशभरि क्वारन्टीनमा ८,०३५ जना छन्।

संक्रमितमध्ये गम्भीर लक्षण देखिएका १७५ जना सघन उपचारमा र २२ जना भेन्टिलेटरमा छन्। मन्त्रालयले भदौ ११ गते बिहीवार १,१११ जनामा संक्रमण देखिएको पुष्टि गरेको थियो।

त्यसअघि भदौ २ गते संक्रमितको संख्या पहिलो पटक १,००० नाघेको थियो। भदौ ९ गते थप ८५५ जनामा संक्रमण र सात जनाको मृत्यु तथा भदौ १० गते ११ जनाको मृत्युसहित ८८५ जनामा संक्रमण पुष्टि भएको थियो।

यसअघि भदौ ५ गते सरकारले ८३८ जनामा संक्रमण र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका संक्रमितको संख्या ८१८ थियो।

यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार