कपाल झर्ने समस्याबाट यसरी पाउन सकिन्छ छुट्कारा

समाचार

hair

काठमाडौं । के तपाएको कापल झरेर चिन्तित हुनुहुन्छ ? कपालले मानिसलाई सुन्दर देखाउनुका साथै आकर्षक पनि देखाउने गर्छ।

कपालले मानिसलाई स्टाइलिस देखाउनुका साथै केहि हदसम्म व्यक्तित्वको पहिचानमा समेत मद्दत पुग्छ। सबैले आफ्नो कपाल राम्रो होस्, बाक्लो होस्, अर्थात नझरोस् भन्ने चाहान्छ।

मानिसको रहनसहन खानपान तथा पानीको प्रयोगले कपाल झर्छ। मानिसले कपाल झर्न रोक्नका लागि विभिन्न उपायहरू अपनाउँछन्। तर, सबैले कपाल बचाउन सक्दैनन्। कतिपय व्यक्तिहरूको उमेर नपुग्दै तालु खुइलिएको देखिन थाल्छ।
कपाल झर्नु अहिलेका युवाहरूको प्रमुख समस्या हो।

कपाल झर्ने समस्याबाट जोकोही पनि मुक्त हुन चाहन्छ। जसका लागि विभिन्न थेरापी रंगरोगन कपालको ट्रिटमेन्ट, भिन्न(भिन्न भेराइटीका साबुन स्याम्पुको प्रयोग गर्छन्। तर, कपाल झर्ने समस्याबाट सबैले मुक्ति पाउन सक्दैनन्।

यसरी कपाल झर्ने समस्याबाट युवा पुस्ताले हैरानी व्यहोरि रहेको छ। कपाल झर्दा टोपी लगाउपर्ने झन्जट र साथी भाइले जिस्क्याउलान भन्ने डर पनि उत्तिकै हुन्छ।

यसरी पाउन सकिन्छ छुट्कारा
स्वस्थ कपाल र कपाल झर्नबाट रोक्नका लागि महिको प्रयोग महत्वपूर्ण हुने देखिएको छ। कपालमा महि दल्नाले कपाल झर्दैन्। वर्षातको समयमा कपाल झर्ने समस्या झन हुन्छ। यस्तो बेला कपाल झर्नबाट बचाउनु महत्वपूर्ण कुरा हो।

दिनमा ५०–६० कपाल झर्नु सामान्य मानिए पनि त्योभन्दा बढी झनै थाले भने समयमै ध्यान दिनुपर्छ। घरेलु उपचारका विधिहरु अपनाई चिकिच्सकको सल्लाह लिनुपर्छ। महिमा प्रोटिनको मात्रा बढी हुने भएकाले यसको प्रयोगले कपाल झर्नबाट बचाउँछ। यति मात्रै नभई महिले कपाल धुदा सिल्की बनाउनुका साथै चम्किलो समेत बनाउँछ।

महिमा लैक्टिक एसिड,कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए,डी र बी–१२, क्याल्सियम,सोडियम, म्याग्नेसियम,आइरन र फस्फोरस प्रचुर मात्रामा पाइन्छ, जसको कारण कपाल झर्नबाट बच्छ। यसको प्रयोगले कपाललाई मजबुत बनाउने टाउको चिलाउने कम गर्नुका साथै नयाँ कपाल उमार्न सहयोग पुग्छ।

चिलाउने तथा चाया कम गर्न स् अमिले महिमा कागतिको रस मिसाएर १५ मिनेटसम्म मालिस गरी मातातो पानीले धोए कपाल चम्किलो हुनुका साथै मजबुत समेत हुन्छ। यस्तो गर्नाले टाउको चिलाउने समस्या सकेत निर्मुल हुन्छ।

सेतो कपालबाट छुटकरा पाउन समेत महिको प्रयोग महत्वपूर्ण रहेको छ। महिको प्रयोगले नयाँ कपाल बाक्लो कपाल उमार्नमा फाइँदा पुर्याउछ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार