जंगी अड्डाका सैनिकले गरे गोली हानी आत्महत्या

समाचार

goli

काठमाडौं । नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित जंगी अड्डामा एक जना सैनिक जवानले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मी पेट्रोलपम्पको ड्युटीमा रहेका उनले आइतबार बिहान करिब ३ बजे आफैँलै बोकेको बन्दुकले गोली हानी आत्महत्या गरेका हुन् ।

उनको शव महानगरीय प्रहरी परिसर र सैनिक प्रहरीको रोहबरमा पोस्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पातालमा लगिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए ।

तनहुँको रानीपोखरी घर भएका उनले किन आत्महत्या गरे भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार