सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

समाचार

rape e1518070486281

डडेल्धुरा । कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। प्रहरीले जानकी गाउँपालिका–९ को खैरीफाँटाकी १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा जानकी( ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

युवतीमाथि गत ११ भदौ राती सामूहिक बलात्कार भएको थियो। पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार