हिमालय एयरलाइन्सको सेप्टेम्बर २ देखि २९ सम्मको यस्तो छ उद्धार उडान तालिका

समाचार

himalayan air KvBN4I2FFo

काठमाडौं । हिमालय एयरलाइन्सले सेप्टेम्बर २ देखि २९ सम्म छौठौं चरणको चार्टर उडान तालिका सार्वजनिक गरेको छ ।

कोभिड–१९ का कारण विभिन्न देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीलाई यही सेप्टेम्बर २ देखि २९ सम्म स्वदेश ल्याउने एयसलाइन्सले जनाएको छ । एयसलाइन्सले सेप्टेम्बर २,३,६,८,९,१७,२२,२३ र २९ मा माल्दिभ्स, कतार, साउदी अरेबिया र कुबेतबाट नेपालीको उद्धार गर्ने छ ।

विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।

सेप्टेम्बर २ देखि २९ सम्मको उडान तालिका यस्तो छ :

Repatriation Flights 2020   H9 Notice Sept 02 29  2020 Nepali fOja2wl4cY

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार