आईसियु र भ्यान्टिलेटरमा राखिएका संक्रमितको संख्या १६१, कुन प्रदेशमा कति ?

ब्यानर

icu 2

काठमाडौं । हाल देशभर १ सय ६१ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

बागमती प्रदेशमा आइतबारसम्ममा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी छ । बागमती प्रदेशमा ७० जना आईसीयू र १२ जना भेन्टिलेटरमा रहेको तंथ्याङ्कमा उल्लेख गरिएको छ । उता प्रदेश १ मा १७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेश २ मा ३८ जना भने गण्डकी प्रदेशमा ३ जना रहेका छन् ।

यस्तै प्रदेश ५ मा १६ आईसीयू र २ जना भेन्टिलेटरमा रहेको तंथ्याङ्कमा उल्लेख गरिएको छ । सबै भन्दा धेरै आईसीयू र भेन्टिलेटरमा उपचाररत बाग्मती प्रदेशमा छन् थोरै गण्डकी प्रदेशमा संक्रमित रहेका छन् । हालसम्म १७ जना भेन्टिलेटरमा र १ सय ४४ जना संक्रमित आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

corona LmSA25JZ3r

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार