कोभिड–१९ : अमेरिकालाई भारतले उछिन्यो, सेप्टेम्वरदेखि प्रतिवन्ध खुकुलो पारिदैं

ब्यानर

113458147 gettyimages 1227430188

एजेन्सी । भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च सङ्क्रमण वृद्धि पाइएको छ। विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा आइतवार ७८ हजार ७८१ जना संक्रमित थपिएका छन् । यसअघि १७ जुलाईमा ७८ हजार २९९ सङ्क्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक संक्रमण पाइएको थियो।

दशौँ लाखले रोजगारी गुमाएको मार्च महिनायताको पुष्ठभूमिमा सरकारले अर्थतन्त्र उकास्ने प्रयासस्वरूप प्रतिबन्धहरू क्रमशः हटाइरहँदा त्यस्तो वृद्धि देखिएको हो । आइतवार विश्वमा पुष्टि भएका संक्रमितको संख्या साढे दुई करोड नाघ्दा कोभिड–१९ भएर ज्यान गुमाउनेको संख्या आठ लाख ४३ हजार पुगेको छ।

जोन्स् हप्किन्स् विश्वविद्यालयको अनुसन्धानका अनुसार करिब ६० लाख संक्रमितहरू सहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रूपमा छ। धेरै ग्रामिण क्षेत्रमा कोभिड–१९ वृद्धिको क्रम देखिनु यतिखेर मुख्य सरोकार बनेको छ।

मुटुरोग विशेषज्ञ मनोज कुमारले समाचार संस्था रोयटर्सलाई भने, ‘यस्तो उच्च वृद्धि देखिनुको कारण संक्रमण ग्रामिण भेगमा फैलिनु हो।’ कोभिड–१९ को महामारी सुरु हुँदा भारतको अवस्था ठिकठिकै थियो। त्यसबेला कडा लकडाउन गरिएको थियो।

तर भाइरस साना सहर वा गाउँमा फैलनुअघि मुम्बई र दिल्लीजस्ता ठूला सहरमा देखिन थाले। तैपनि सरकारले प्रतिबन्ध खुकुलो पार्न चाहिरहेको देखिन्छ।

अर्को महिनाबाट मास्क र सामाजिक दूरी कायम राख्दै एक सयजनासम्म भेला हुन पाइने सांस्कृतिक, मनोरञ्जन र खेलकुदका गतिविधि सञ्चालन हुने छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार