९ वर्षीया बालिकालाई ५ महिनादेखि बलात्कार गरिरहेको आरोपमा गुरुङ पक्राउ

समाचार

bharaita 8B49dTX5iM

काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भूतपूर्व भारतीय सैनिक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय रेश बहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्याङ्जा बिरुवा गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका मिलनचोक गुरुङलाई सोमबार पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए ।

लुकिछिपी बसेका गुरुङले विगत ४–५ महिनादेखि बालिकालाई ललाईफकाई यौन शोषण गरेको अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले बताए ।

गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार